अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०७९ जेष्ठ ३०, सोमबार १७:५३ बजे

अभिमनु कुमार पटेल , रौतहट, ३० जेष्ठ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं २ बिश्रामपसर स्थित श्री नेपाल माध्यमिक विद्यालयमा मेयर विनोद प्रसाद कुर्मीले ३६ लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बृन्दावन नगरपालिका २ स्थित रहेको श्री नेपाल माध्यमिकको भौतिक पुर्वाधार निर्माणका लागि प्राप्त बजेटबाट चारकोठे भवन निर्माण हुन लागेको छ ।

नगरको विकासका लागि शिक्षा स्तरमा वृद्धि गर्न बृन्दावन नगरपालिकाले शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन र विभिन्न योजनाहरू आगामी आर्थिक बजेटमा समावेश गरिने मेयर कुर्मीले दाबी गरे । यो भन्दा केही दिन अगाडि बतहु माध्यमिक विधालयमा पनि नयाँ भवन निर्माणका लागि ३० लाखको लागतमा एक तले ४ कोठे भवनको शिलान्यास गरेको उहाँले बताए ।

निर्माण हुन गइरहेको भवनमा कक्षाकोठा, पुस्कालय , कम्प्युटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्नसकिने व्यवस्था गरिएको नगर प्रमुख कुर्मीले सो शिलान्यास कार्यक्रममा बताए ।

नगरभरीका विधालयमा शिक्षकको अभाव रहेको कुरा स्वीकार गर्दै आवशयक अनुसारको शिक्षक विधालयमा परिपूर्ति जुनसुकै समस्याको सामना गरि पुरा गर्न प्रतिवद्धता गरे । शिक्षकलाई पुर्ती गर्न सम्पूर्ण सबै कार्यालयको पदाधिकारीसँग बैठकमा छलफल गरी नगरभरीका विधालयका शिक्षक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर पहल गरिने बताए। विद्यालयमा नयाँ भवन निर्माण र खेल मैदानका लागि जग्गाको समेत अभाव रहेका छन । किशोरीलाई शुद्ध खानेपानी सहित छात्रा शौचालय समेत आवश्यक छन् ।

सो कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष रामनाथ सहनी, वडा नं ६ का वडाअध्यक्ष मजहर मंसुर, प्र.अ प्रेमलाल पटेल लगायत स्थानीइहरुको सहभागिता रहेको मेयर पटेलको स्वकीय सचिव आशिष राज पटेलले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय