
वीरगञ्ज २ असार
गरिवी न्युनिकरणको लागि महिलाहरु लाई २५ दिने व्युटिसियन तालिम सम्पन्न भएको छ । सबैया साझेदारी वन व्यवस्थापन समुह,सवैया , पर्साको आर्थिक सहयोग तथा आस्था नेपाल वीरगञ्ज, पर्साको आयोजना गरेको तालिममा वीरगञ्ज महानगरपालिका वडा नं १ देखि १६ नम्बर वडा ३२ जना महिलाहरु सहभागीता रहेको थियो । डिभिजन वन कार्यालय पर्सा का निमित्त कार्यालय प्रमुख फरमान मियाँ प्रमुख आथित्यता तथा सवैया साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साह कानु को अध्यक्षतामा तालिमको सम्पन्न भएको छ ।
व्युटिसियन तालिममा प्रशिक्षक मम्ता कुमारी गुप्ता र सह प्रशिक्षक रुकसार नेशा ले महिलाहरुलाई प्रशिक्षण दिएका थिए । उक्त व्युटिसियन तालिमको समापन कार्यक्रममा सवैया साझेदारी वन व्यवस्थापन समुहका सदस्य विशिष्ट मनिभुषण तिवारी , अतिथि डिभिजन वन कार्यालय पर्सा का लेखापाल रंजन कर्ण लगायतका सहभागिता रहेको थियो।
गरिब न्युनिकरणको लागि दिईएको व्युटिसियन तालिममा महिलाहरुलाई महिला हिंसा , दाईजो प्रथा , बालविवाह , सरसफाई तथा आर्थिकरुपमा कसरी बलियो हुने तथा व्यपार व्यवसाय कसरी अगाडी बढाउने सम्बन्धि समेत तालिम दिईएको संस्था का प्रतिनिधि अनिल कुमार साहले जानकारी दिए ।