अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७९ असार ३, शुक्रबार ११:३० बजे

पकाहाँमैनपुर । कुटपिटबाट धोरेमा एक जनाको ज्यान गएको छ । पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने अन्दाजी बर्ष ६५ को दशई महारा चमारको ज्यान गएको हो ।

पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने बर्ष ६५ को महेश महारा चमार , उनका बर्ष ५२ की श्रीमती रम्भा देवी , छोरी बर्ष २५ की मिना देवी , बर्ष १८ की बबिता कुमारी र छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष ३२ को ज्वाई अर्जुन रामको कुटाईबाट ज्यान गएको प्रहरी चौकी धोरेले जनाएको छ ।

मृतक र अभियुक्त बिच गत जेठ २९ गते राती अनैतिक सम्बन्ध लाई लिएर दूई घर बिच वादविवाद भएको थियो । सोही वादविवादलाई लिएर फेरी राती वादविवाद हुदाँ सोही क्रममा महेश महारा चमारको पक्षले कुटपिट गर्दा दशई महारा चमारको मृत्यु भएको हो ।

कुटपिट गर्ने ब्यक्ति मध्ये ३ जनालाई नियन्त्रणमा लिईएको र २ जना फरार रहेको प्रहरी चौकी धोरेले जनाएको छ । नियन्त्रणमा लिईएका रम्भा देवी , मिना देवी , अर्जुन रामलाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कर्यालय पोखरीया पठाइएको र फरार रहेका महेश महारा चमार र बबिता कुमारीको खोजी भईरहेको प्रहरी चौकी धोरेले जनाएको छ ।

घटना बारे जानकारी पाए लगत्तै प्रहरी चौकी धोरेबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय