अपडेट 
यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, |
२०७९ असार २१, मंगलवार ११:२५ बजे

जनकपुरधाम – सशस्त्र प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वास्थित सीमा इलाकाबाट स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोहि गाउँपालिका–५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय जनक मण्डललाई मंगलबार दिउँसो सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) इनर्वाबाट इन्स्पेक्टर शम्भु कटुवालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट आलुको बोरा बोकी नेपालतर्फ आउँदै गरेको ज७प ५००७ नम्बरको टरसाइकललाई रोकी जाँच गर्दा स्रोत नखुलेको १ हजारको को ७०० थान, ५ सयको २६९९ थान, १ सयको १०० थान र ५० को १०० थान गरी जम्मा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ उनीहरुको साथबाट फेला परेको थियो ।

बरामद भएको उक्त नगद तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाउने प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय