अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०७९ असार २१, मंगलवार १५:५० बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
सोनमा गाउपालिकाले आ ब २०७९/०८० को नीति तथा कार्यक्रम पेस गरेको छ । मंगलवार गाँउपालिकाको सभाहलमा आयोजित एक समारोह बीच बजेट पेश गरिएको छ।

गाँउपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले ४३ करोड ९८ लाख ४३ हजार को बजेट प्रस्तुत गरेको हो।
अध्यक्ष यादवले प्रस्तुत गरेको वजेटमा आन्तरिक स्रोत मार्फत १ करोड, संघीय सरकारको राजश्व वाँडफाँड मार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदान मार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदान मार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारको वितीय समानीकरण मार्फत ८३ लाख ३४ हजार, प्रदेश सरकारको विशेष अनुदान मार्फत ३० लाख, प्रदेश सरकारको सम्पूरक अनुदान मार्फत २० लाख, सडकवोर्ड मार्फत २५ लाख र गत आर्थिक वर्षको संचित रकम ३ करोड गरी सो वजेट विनियोजन गरिएको गाँउपालिकाको कार्यालयले जनाएको छ । स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखि विनियोजन गरिएको वजेटमा शिक्षा, कृषिले पहिलो प्राथामिकता पाएको गाँउपालिकाका अध्यक्ष यादवले बताए । उता नीति तथा कार्यक्रमकाे केही वुदा प्रति असहमति जनाउँदै वडा न.१ काे वडा अध्यक्ष अशाेक कुमार यादवले भने बाँकि वुदा प्रति सहमति रहेकाे जनाउँदै  शुभकामना दिनु भयाे।
त्यस्तै  नीति तथा कार्यक्रम प्रति असन्तुष्टि जनाउँदै वडा न. ६ का वडा अध्यक्ष श्याम यादवले भने संसाेधन गरेर वजेट ल्यान माँग गरे।
नीति तथा कार्यक्रमकाे केही वुँदा प्रति असहमति जनाए पनि छलफलकाे माध्यमले ऋटिलाई सच्चाएर जानू पर्नेमा अध्यक्षले यादवले सहमति जनाएका छन ।

कार्यक्रम पछी अब नितीगत बजेट बन्द सत्रमा विभिन्न शिर्षकमा बाडफाड गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय