
बिरगंज – जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले लागु औषध ९० किलो गाँजा लोड रहेको कार सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको यू.पी.जि.मउ कमलसागर गोपालपुर निस्फी बस्ने ३० वर्षीय रविकान्त भारती र भारत विहार जि.बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नं.१० बस्ने २८ वर्षीय सुनिल भारतीलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिरगंज महानगरपालिका – २८ बगहीको बाटो हुदै लागु औषध गाजा ओसार पसार कार्य भईरहेको भने प्राप्त सूचनाको अधारमा खटिएको प्रहरी टोलीले बगही गेट नजिक युपि ७० बि के ९९५५ नम्बरको ईन्डिगो मेन्जर कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी र सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा ९० किलाे गाँजा फेला परेको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी प्रल्हाद कार्कीले जानकारी दिएका छन ।