वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने छिपहरमाईका नवलकिशोर पक्राउ।



बिरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं.३ घर भएको ब्यक्ती हाल वीरगंज माहानगरपालिका वडा नं.१६ मा डेरा गरी बस्ने ३४ वर्षिय नवलकिशोर साह कानुले सर्वसधारण व्यक्तिहरूसंग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसा विदेश पठाइ दिन्छु भनी प्रलोभनमा पारी झुक्याइ, मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिसंग पच्चिस हजार देखि दुई लाख सम्मको रकम आफ्नो नागरिकता प्रयोग नगरी अरू व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरी IME मार्फत आएको रकम झिकेदै आएका थिए ।

यो व्यहोराबाट पीडितको जाहेरी दरखास्तको आधारमा यहि आइतबार सझ ५ बजे वीरगंज महानगरपालिका वडा नं.१६ नजिकै घरबाट तिन लाख नेपाली तथा भारतिय पैसा विभिन्न स्थानबाट IME मार्फत मगाइएको पैसा झिकेको IME control ID No.सहितको अन्य कागजातहरू सहित नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएर यहि सोमबारका दिन ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज