बिरगंज । बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले २०७९ असार २१ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ लोहारपट्टी सडकखण्डमा ना.६ ख २३४४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू समेत फेला पारेको हाे ।
तस्करीका सामानले भरिएकाे उक्त ट्रक नियन्त्रणमा लिई रू. ६८,३१,४१९।– ( अड्सठ्ठी लाख एकतिस हजार चार सय उनाईस ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि २०७९ असार २२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ ।
प्रतिक्रिया!