अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ असार १८, शुक्रबार ०३:५६ बजे

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी  वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश  १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।महाशाखाले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, प्रदेश १,प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा   मेघगर्जन र चट्याङ्ग सहित भारी  भारी वर्षा र एक दुइ स्थानमा  अति भारी बर्षाको सम्भावना रहेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय