नेविसंघ पर्साद्वारा प्रतिगमन २ विरुद्ध बिरगंजमा प्रदर्शन



बीरगन्ज, १९ असार -प्रतिगमन २ विरुद्ध नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघ पर्साले बीरगन्जसहित देशैभरिका विभिन्न जिल्लाका सदरमुकामहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । संसद विघटनको विरुद्ध कांग्रेसले आह्वान गरेको देशव्यापी आन्दोलन अन्तर्गत नेविसंघले प्रदर्शन गरेको हो ।

शनिबार बीरगन्जको घण्टाघरबाट नेविसंघले सुरु गरेको मशाल जुलुस माईस्थान चोक पुगेर समापन भएको थियो । नेविसंघ पर्साका सभापति विकास तिवारी र नेवि संघका ठाकुराम बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा प्रदर्शन गरिएको जुलुसमा केपी ओली मुर्दाबाद, प्रतिगमन मुर्दाबाद, महंगी, भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलाप मुर्दाबादलगायतका नारा लगाउँदै प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा अभय कर्ण, शेष हजरा, पुर्व स्ववियु सदस्य धर्मराज यादव, जिल्ला यूवा नेता देवनाथ महतो, सचिव समिर मंसुरी, सह सचिव सेराज अंसारी,आमिर मंसूर र केशवराज मिश्रलगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

केपी ओली नेतृत्वको सरकारले देशलाई अस्थिरतामा लगेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । पटकपटक असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी निर्णय गर्दै आएको वर्तमान सरकारबाट समृद्धि सम्भव नभएको प्रदर्शनमा सहभागि एक नेताले बताए ।

नेविसंघले प्रदर्शन गरेको मशाल जुलुसका क्रममा प्रहरीले हस्तक्षेप पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज