भिस्वा, २१ असार – छिपहरमाई युवा समाजको पहल एवम समन्वय तथा सानो पाइला सामाजिक संस्थाको सहयोगमा ४५ बाढ़ पीड़ितहरू लाई राहत बितरण गरिएको छ । केहि दिनको लगातार अविरल बर्षाका कारण छिपहरमाई गाउँ पालिका डुबानमा परेको छ ।
प्राकृतिक प्रकोप बाढ़ी को चपेटामा परेको छिपहरमाई गाउँ पालिकाको पांचै वाड डुबानमा परेको छ । बाढ़ीका कारण छिपहरमाई गाउँ पालिका का केहि स्थानियको घरमा बाढ़ीको पानी पसेर उनीहरुलाई पाल मुनि बस्न बाध्य बनाएको छ भने धेरै जना को घर बाढ़ीले ले भतकेर घर बिहीन नै बनाएको छ ।
डुबान मा परेका पीड़ितलाई स्थानिय निकाय, जनप्रतिनिधि तथा सम्बन्धीत निकाय बाट कुनै किसिमको राहत नआए पछि छिपहरमाई गाउँ पालिका का प्रत्येक वडाका युवाहरूको जमात ” छिपहरमाई युवा समूह” एक जुट भई अति बिपन्न पीड़ित परिवारलाई सानो पाइला सामाजिक संस्था संग समन्वय ग़री राहत बितरण गरेका छन ।
छिपहरमाई गाउँ पालिकाका अशोक कुशवाहा, राजीव जयसवाल, मनिकान्त गुप्ता, रबि महतो केवट,मुर्तुजा मिंया, हातिम अन्सारी, गुन्जन सिंह, बुलट अन्सारी लगायतका सल्लाहकार भएका छिपहरमाई युवा समूह का युवाहरू : आलोक कुशवाहा, सन्दीप साह कानू, आदित्य कुमार साह, जाबेद मियां तेली, रूपेश उपाध्याय, अखिलेश कुशवाहा, हारून समानी, मनोज पटेल, सुग्रीम साह (बाबा), अजय कुमार, रोहित कुमार, सुजीत गुप्ता (गोलू), सोनू कुमार (करीमन),कीर्तिमान साह, अयूब मंसूरी र लगायतका प्रत्यक्ष एवम अप्रत्यक्ष रूपले सहयोग गरेका युवाहरु को समूह ले राहत बितरण गरेका छन ।
छिपहरमाई गाउँ पालिकाको मिर्जापुर, भेड़िहारवा, जयमंगलापुर तुलसी बारवा, भिस्वा लगायतका ४५पीड़ित परिवारलाई राहत स्वरूप चामल, दाल, नून, तेल, सोयाबीन, चना, चीउरा, भुजिया , चाऊ चाऊ आलू, प्याज, बिस्कुट, को प्याकेट तथा चाउचाउ का प्याकेट समेतका खादान बितरण गरेका छन ।
छिपहरमाई युवा समूह ले बरसातको शुरुवात मैं आएको बाढ़ीले पीड़ित बनाएका हरुलाई कतै बाट सहयोग नआएपछि हामी नै एक जुट भई स्थानी पीड़ितलाई सहयोग गरेको छौ बताएका छन ।
बाढ़ी को कारण ले छिपहरमाई गाउँ पालिका का अन्य केहि गाउँ पनि डुबान मा परेको छ तर बिधुत नभएको कारण त्याहाका युवाहरू संग समन्वय हुन सकेको छैन बताए। पहिलो चरणमा हामी ४५बाढ़ी पीडितलाई सहयोग गरेका छौ यदि यही अवस्था फेरी आउने हो भने हामी अर्को चरणमा पनि सहयोग गर्न तैयार छौ भन्दै छिपहरमाई युवा समाज ले आफ्नो प्रतिबध्दता जनाएका छन ।
राजनीतिक उद्देश्य नभई समाज सेवाको उद्देश्य बोकेर एक जुट भएका छिपहरमाई युवा समाज छिपहरमाई गाउँ पालिका का प्रत्येक वाड़का युवाहरुलाई एकजुट ग़री अब देखी गाउँ पालिका का जनता माथी आइ पर्ने प्रत्येक बिपत संग एकजुट भई लड़न तैयार रहने बताएका छन ।