कवाडीको ईजाजत लिई हार्डवेयरको कारोवार गर्दै आएका जय माता दि ट्रेडर्सलाई ५० हजार जरिवाना ।



 

धर्मेन्द्र प्रसाद यादव – बिरगंज , २१ असार  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा,जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साको संयुत अनुगमन टोलीले वीरगञ्ज वडा न १५ पर्सा स्थित जय माता दी ट्रेडर्समा अनुगमन गर्दा कवाडी समानको खरिद बिक्रीको इजाजत लिई हार्डवेयरका सर- सामान , जस्तापाता तथा अन्य सामान बिक्री वितरण गरिएकोले उपभोक्ता सँरक्षण ऐन,२०७५ को दफा ३८ को ट बमोजिम कसुर गरिएकोले सोही ऐन को दफा ३९ को घ बमोजिम रु ५००००/(पचास हजार मात्र) तत्काल जरिवाना गरिएको छ । उक्त रकम ७ (सात )दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज