२०७८ असार २१, सोमबार १३:५३ बजे

 

वीरगंज , २१ असार । जिपि कोईरालालो ९८ औं जन्म जयन्तीको अवसरमा आज आकस्मिक रक्तदान कार्यक्रमको आयोजना भएको छ ।

जी.पी कोईरनला फाउण्डेशन पर्साले नेपालका पुर्व प्रधानमन्त्रि तथा नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान जीवन दान भन्ने उद्देश्यले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा अकासमिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका हुन ।

कोरोना महामारीका कारण ब्लड बैंक वीरगंज शाखामा रगत अभाव भएकोले जन्मोत्सवको अवसर पारेर अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको फाउण्डेशन पर्साका सह सचिव मिन्टु देवि सिंहले बताईन ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले श्रीमती नजमा बेगमलाई ब्लड पाउच दिएर कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । रक्तदान कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गरेका थिए भने प्रमुख अतिथि वीरगंज महानगर पालिकाको उप प्रमुख शान्ति कार्की प्रमुख अतिथि रहनु भएको थियो ।

अतिथिमा नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता,प्रकास उपाध्याय,वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल,श्याम कुमार पोख्रेल,नरेन्द्र साह,विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की,जितेन्द्र सिहं,मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी,हुकुम सिहं,शेख नेजामुदिन , भैयाराम पटेल,पुरुषोतम दुवे, सदिप कुमार केवट, सुरेश श्रीवास्तव,मोहन पटेल, मोहम्मद सलाउदिन,समिर खान,सहजाद हवारी , साहलि मंसुरी,वहाब अंसारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन पर्साका सचिव लालकिशोर सहिले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय