अपडेट 
ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी |
२०७९ माघ २२, आईतवार १४:१० बजे

काठमाडौं, २२ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने गरेको ठगीमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय ठगीका उजुरी बढ्दो क्रममा रहेको भन्दै त्यस्तोमा मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सिलसिलामा नेपालीले नेपालीलाई र रोजगारदाताले नेपाली श्रमिकलाई ठगी गर्ने क्रम बढेको जनाएका छन् । ठगी गर्ने गरेको उजुरी, गुनासा तथा समाचार बढेको भन्दै त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारको नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाको विरुद्धमा कसैको गलत गरेको खण्डमा कठोरतापूर्वक कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।

संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान चाहनेले आफूले आफूले जान खोजेको मुलुक, कामको प्रकृति, आफूसँग भएको सीप, रोजगारदाताले उपलब्ध गराउने सेवाशर्त तथा सुविधा एवम् वैदेशिक रोजगारीमा जानका लागि लाग्ने शुल्क र वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त व्यवसायी कम्पनी जस्ता आधारभूत तर, महत्त्वपूर्ण विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र प्रक्रिया थालनी गर्न मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय