अपडेट 
एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने |
२०७९ माघ २२, आईतवार १४:२६ बजे

जनकपुरधाम, २२ माघ । बाराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बाराको निर्वाचन क्षेत्र नम्बर–२ (क) बाट स्वतन्त्र निर्वाचित कलवारलाई मधेस प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले आइतबार पार्टी प्रवेश गराएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य पदको निर्वाचनमा कलवारले ९ हजार २९५ मत ल्याएर नेकपा एमालेका बलवीर भुजेललाई पराजित गरेका थिए ।

यसअघि महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साह र पर्सा क्षेत्र नम्बर–३(क)बाट स्वतन्त्र निर्वाचित प्रमोद कुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।

योसँगै मधेस प्रदेशसभामा जसपाका १९ सांसद पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय