अपडेट 
प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित |
२०७९ माघ २२, आईतवार १५:१८ बजे

जनकपुरधाम, २२ माघ । धनुषाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् ।

जिल्लाको बटेश्वर गाउँपालिका–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरू विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ नभएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।

विद्यालयमा विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरूले आइतबार प्रदर्शन गरेका छन् । आन्दोलित विद्यार्थीहरूले वडा नम्बर–१ को कार्यालय घेराउ गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीहरूले वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधिलाई नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका छन् ।

वडा कार्यालय अगाडि सडक अवरुद्ध गरेर टायर बाल्दै प्रदर्शन समेत गरेका विद्यार्थीहरूले विद्यालयमा यथाशिघ्र शिक्षक ल्याउनुपर्ने माग गरेका छन् ।

उनीहरूले एसईई परीक्षा आउन डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको गुनासोसमेत गरेका छन् ।

लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षक माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय