अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ माघ २२, आईतवार १७:५० बजे

काठमाडौं, २२ माघ । प्रहरीले काठमाडौंको न्यूरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–९ घर भई हाल विजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका–१० घर भई हाल विजुलीबजार १० बस्ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन् ।

काठमाडौं न्यूरोड एरियामा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्युरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको रहस्य खुलेको छ ।

उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र संकलित रकम व्यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल बरामद गरेको छ ।

उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय