अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७८ असार २२, मंगलवार १५:१२ बजे

सुदिप चौरसिया ,वीरगंज २२ असार – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यनयन इकाइ पर्सा बाट आर्थिक बर्ष २०७७-२०७८ को बजेट बाट ५०% प्रतिशत अनुदान मा जोन लागू भएका स्थानीय तहका वडाहरुमा रहेका कृषि समूह, कृषि सहकारी संस्थाहरु मध्ये कार्यालयको नियमानुसार छ्नौट भई परेका ४ वटा कृषक समुह हरु लाई आज एक कार्यक्रमका बिच ट्याक्टर वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यनयन ईकाई तरकारी जोन पर्साका प्रमुख रोशन अधिकारी ले आज ४ थान ट्याक्टरको साचो हस्तान्तरण गर्नु भएको हो।सो ट्याक्टरको कुल बजार मुल्यको ५०% मूल्य कृषकहरुले तिर्नु पर्ने र ५०% मूल्य कार्यालयले तिरी दिने परियोजना कार्यनयन ईकाई पर्साका प्रमुख रोशन अधिकारीले बताए।

नेपाल सरकारबाट कृषिमा आधारित लक्षित र लगनशील बर्गका समुह लाई ५०% अनुदानमा बितरन गरिएको हो ।कृषिमा आवद्ध समुहलाई बिउबिजन, मलखाद ढुवानी तथा खानजोत को लागि र आवश्यक मालसामान ओसार पोसारको लागि स्वराज कम्पनी को ट्याक्टर बितरअण गरिएको छ।

जोनमा आवद्ध रहेका सुनखरी कृषि सहकारी संस्था पर्सागढी ३, शिव शक्ती कृषक समूह चिलझप्टी, रिधी सिधी कृषक समुह र जल्पामाई कृषक समूह कालिकामाई १ मुडली लाईलाई ट्याक्टर बितरन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यनयन ईकाई पर्साका प्रमुख रोशन अधिकारी बताए ।

यस्ता कार्यक्रमले कृषकहरुमा थप उर्जा प्राप्त भएको र अझै लगनशीलताका साथ कृषि कर्मलाई निरंतरता दिन साहस प्राप्त भैइरहेको र हामी निरन्तर रुपमा जोन कार्यालयबाट विभिन्न सेवा र अनुदान पाउदै आईरहेको सुनखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय