अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७८ असार २२, मंगलवार २१:४३ बजे

काठमाण्डौ – नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ।

यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १४२५ रुपैयाँ कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय