जनकपुर ,२३ असार – धनुषा प्रहरीले लागु औंषध सहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बेलुकी अं.१८:३० बजेको समयमा पौडेश्वर तर्फबाट मोटरसाईकलमा दुई जना पुरूष व्यक्तिहरू जनकपुर तर्फ गई रहेको छ भन्ने व्यहोराको सुचना प्राप्त हुन साथ जि.प्र.का. धनुषाबाट प्र.ना.नि.को कमाण्डमा खटिएका सादा पोशाकको टोलीले जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१६ पुलचोक नजिकै हुलाकी सडक खण्ड स्थित चेक प्वाइन्ट थापी बाटोमा संकास्पद आवतजावत गर्ने मानिसहरू तथा सवारी साधनहरूलाई चेक जाँच गर्ने क्रममा पुर्व पौडेश्वर तर्फबाट आउदै गरेको बा. ९३ प. ५१८७ नं. को मोटरसाईकल शंका लागी चेकजाँच गर्ने क्रममा मो.सा. चालक जिल्ला धनुषा सबैला न.पा.९ भटियन बस्ने अं.वर्ष २० को हर्ष कुमार साह र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने अं.वर्ष १९ को रोहित कुमार साहले उक्त मोटरसाईकलको सिट मुनि लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको झोलामा NITRAVET ट्यावलेट १० पता (३०० पिस) र Rexcof DXNF Cough syrup 100 ml) ८ बोतल समेत रित पुर्वक बरामद गरि निजहरू दुवै जना मानिस, मोटरसाईकल र समान सहित नियन्त्रणमा लिई कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।