अपडेट 
दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा |
२०७८ असार २४, बिहीबार ०१:२४ बजे

 

धर्मेन्द्र प्रसाद यादव – बीरगंज, २३ असार l चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले सक्रियता देखाएका छन् । एसपि पाण्डेकै सक्रियतामा प्रहरी टोलीले बुधबार अबैधरूपमा खुद्रा सामान,केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर र १ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

तालुक प्रदेश नं २ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालयसमेतको टोली परिचालन भई गरिएको प्रहरी कारबाहीको क्रममा बुधबार बीरगञ्ज महानगरपालिका, वडा नम्बर १९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई रोकी जाँच गर्ने क्रममा दुवै चालकहरू ट्रयाक्टर छोडी तत्काल फरार भएका थिए ।

फरार मध्ये ना-१ त ७०४५ नं को ट्रयाक्टरमा स्याउ ४,००० केजी र ना-४ त ८५६२ नं को ट्रयाक्टरमा केराउ ६,००० केजी लोड गरिएको, सो को कुनै बिलबिजक नरहेको र उक्त मालसामानहरू भारततर्फ अवैधरूपमा निकासी गरी लाँदैगरेकोले उल्लेखित ट्याक्टरहरू नियन्त्रणमा लिई स्याउ, केराउ र सवारीसाधनको रू२२,६०,०००।– (बाईस लाख साठ्ठी हजार) मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यस्तै भन्सार छली गरी अवैधरूपमा मालसामानहरू ट्रकमा लोड गरी लाँदैगरेको सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका ८ घण्टाघरमा खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नं को ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक फरार भएका थिए ।

उक्त ट्रकमा भएका मालसामान तथा ट्रकको अन्दाजी मूल्य रू २०,००,००० (बीस लाख) मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जानाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय