डेढ वर्ष विति सके पनि मुसहर जातिकाे घर बन्न सकेन



नरेन्द्र महताे- महोत्तरी,
माैसम पुर्वअनुमान महाशाखाकाे अनुसार माैसम पु: न सक्रिय भई देशभर लगायत महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका आसपासमा वुधवार विहानै देखि भारी वर्षा भएकाे थियाे । चार पाँच दिन अगाडि भएकाे भारी वर्षाकाे कारण आमनागरीकलाई कति क्षति भएकाे विवरण नआउँदै फेरी भारी वर्षाले तवाहि मचाउने निश्चित जस्तै रहेकाे अनुमान आम नागरीकले गरेका छन।

गाैशाला नगरपालिका ६ फुलकाहामा जनता अवास कार्यक्रम अन्तर्गत मुसहर वस्तिमा रहेका मुसहर जातिहरु विना घरकाे अकाशे छत मुनी वस्न बाध्य रहेका छन ।फुसकाे छाप्राेलाई हटाएर काेठाकाे घर बनाई दिने प्रदेश २ काे सांसद भरत प्रसाद साहले सपना देखाए पनि अझै सम्म सपना विपन्नमा परिनत बन्न नपाएकाे सारै पिडा महसुस भईरहेकाे सुत्येकेरी महीला श्रीपति देवि सदाले बताईन । काँखकाे वच्चालाई काहाँ बाट खुवाउने चिन्ताले उनलाई सताईरहेका छन । विपन्न परिवार भएकाे कारण श्रीमान खाडि मुलकमा जान्न नपाए पनि छिमेकि मुलुक भारतकाे पंजावमा अाफ्नाे अामुल्य पसिना चुहाएर एक छाक टार्नका लागि दस दिनकाे नवालकलाई छाेडेर मजवुरीमा जानु परेका देवि मुसहरले रुदै भनिन्। पानि पर्दा घरकाे माथि बाट पानि चुहावट भए पछि रात काटन काखकाे वालकलाई लिएर रुख मुनि बसेर रात विताईन भनिन ।

वडा अध्यक्ष नथुनि राउतलाई अहिले घर नवने पनि त्रिपालकाे व्यवस्था गरि दिनु उहाँ सासुर राम सरण सदा मुसहरले अाग्रह गरे पनि त्रिपाल हाेईन पक्कै घर नै बनि हाल्छ त्रिपालकाे अाबश्यकता पर्दैन राउतले भने पछि हामिहरुलाई अाँखा बाट अाँशु झर्न लागियाे मुुसहरले बताए । म भगवान सँग अनुराेध गर्छु कि याे कगांल देशमा जन्म नलियाेस नत्र हामिहरु जस्तै अरुले नागैं बस्न बाध्य वाहेका अर्काे कुनै विकल्प नहाेस उनले भन्निन ।

उता मुसहरहरु घर नवनेकाेमा आफुलाई पनि दु: ख लागेकाे वडा अध्यक्ष नथुनि राउतले बताएका छन । तर घर बनाउने जिम्मा वडा कार्यालय नभएर संघीय सरकारकाे जनता अवास कार्यक्रमकाे हाे तर प्रदेश न २ काे सभासद भरत प्रसाद साहकाे पहलमा आएकाे हुनाले बजेट किन राेेकियाे त्यसकाे वारेमा आफुलाई त्यति जानकारी नभएकाे राउत बताए। अता अाफु घर बनाउने हाेईन संघीय सरकारकाे जनता अवास कार्यक्रम रहेकाे वजेट हाे अव वजेट अाईसकेका छ फेरी काम शुरु हुने प्रदेश सभा सदस्य भरत प्रसाद साहले स्पष्ट पारे।यसमा पनि पुरा घर बनाई दिने भने हाेईन थप खर्चा गरेर घरधिन अाफैले घर बनाउने हाे । अर्काे प्रसंगमा मिडियामा पत्रकाहरुले भनेकाे अाफ्नाे घर बनाई लिनु भए मुसहर बस्ति किन बनाउन सकेन पत्रकारहरु प्रति साहले अाक्राेस पाेखे। पत्रकारहरुले नै राजनिति गर्नु हामिहरु पत्रकारीता गर्छाै साहकाे कथन थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज