२०७८ असार २४, बिहीबार ११:४९ बजे

जनकपुरधाम – प्रदेश नम्बर २ लोक सेवा आयोगले निजामती सेवाका सहायक चौथो र पाँचौँ तहको रिक्त रहेका पदहरूको विवरण स्थानीय तहलाई अनुरोध गरेको छ ।

आयोगले पदपूर्ति कार्यतालिका अनुसार प्रदेश निजामती सेवाका पदपूर्ति गर्नुपर्ने भएकाले सबै निकायहरूलाई रिक्त पदपूर्तिको माग फारम भरी विवरण पठाउन परिपत्र गरेको हो ।

आयोगले यही वैशाख १२ गते वार्षिक कार्यतालिका प्रकाशित गरेको थियो । सोही बमोजिम पदपूर्तिको विज्ञापन गर्नुपर्ने भएकाले असार मसान्तभित्र विवरण पठाउन प्रदेश स्तरका सबै निकायलाई परिपत्र गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय