सप्तरीका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिद्वारा राजबिराज–रुपनी सडक अनुगमन



 

उमेश कुमार साह – सप्तरी – सप्तरीका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलिद्वारा बुधबार राजबिराज–रुपनी सडक खण्डको अनुगमन गरेका छन् । सडक निर्माण कार्य अलपत्र छोडिदा सवारी आबतजावतमा समस्या भएको जनगुनासो बढेपछि प्रजिअ जय नारायण आचार्य नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

सडकको दुबै भागमा खनेर ग्राईभल निकालेर अलपत्र छोडिदा मुख्य सडकको कालेपत्रे भाँसिएका छन् भने दैनिक सवारी दुर्घटना समेत हुने गरेको स्थानीयले बताएका छन् । निर्माण कम्पनीको लापरबाहीले सडकमा आवातजावतमा समस्या हुँदा समेत कुनै निकायले चासो नदिएको उनीहरुको गुनासो थियो ।राजबिराज सदरमुकाम जोड्ने मुख्य सडकको दुर्दशा अबलोकन गर्दै प्रजिअ आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसान्धन बिभाग सप्तरीका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश साहले सडकको बस्तुस्थितिबारे जानकारी लिए ।

अनुगमन टोलीले सडक निर्माण कार्यलाई तुरुन्त सक्न तदारुकता देखाउन ठेगेदार कम्पनीलाई निर्देशन दिएका छन् । निर्माणमा भएको ढिलासुस्तीबारे बुझ्न निर्माण कम्पनीका संचालकलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा बोलाएको जनाएको छ । सडक डिभिजन कार्यालय लहान र बिकास निर्माण सेवा र वल्डब्याई अजय जेबि लहानबीच सडक निर्माणको सम्झौता भएको छ ।निर्माण कम्पनीको लापरबाहीले यस सडक खण्डको कालोपत्रे भाँसिदै गई क्षति पुगेका छन् । स्थानीयबासीका अनुसार सडक डिभिजन कार्यालय लहान र निर्माण कम्पनीको मिलोमतोमा बर्सेनी सडक निर्माणको नाममा सडक पेटी खनेर ग्रईभल निकाले र पुनः पुर्ने बाहेक अन्य काम भएको छैन । सडक डिभिजन कार्यालय र निर्माण कम्पनीले राजबिराज–रुपनी सडकलाई दुहुनो गाई बनाएको स्थानीयको आरोप छ ।

सडक डिभिजन कार्यालयको लापरबाहीले दैनिक रुपमा सवारी दुर्घटना भई जनधनको क्षति भएको भन्दै निर्माण कार्य चाडो सक्न माग राखी स्थानीयले सडक अबरुद्ध गरि पटक–पटक बिरोध जनाएका छन् । यसबारे सडक डिभिजन कार्यालय लहानमा बुझ्दा सडक निर्माण नहुन्को दोष निर्माण कम्पनीलाई थोपारेर आफू पन्छिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज