
बिरगन्ज एक्सप्रेस डेस्क,
प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको भित्ते पत्रीका सम्बन्धि तालिमको हरहिसाब माग गर्दै निवेदन परेको छ ।
मन्त्रालयले धनुषाको हारसरस्थित जीवन केन्द्र र महोत्तरीको बर्दिबासमा भित्ते पत्रीका सम्बन्धि ५ दिवसीय तालिम सञ्चालन गरेको थियो ।
कार्यक्रमबारे विभिन्न खाले टिक्काटिप्पनी भइरहेका बेला युवाहरुको एउटा समूहले कानुन मन्त्रालयमै पुगेर बिहीबार आरटीआइ निवेदन दर्ता गराएका हुन् । निवेदन दिनेहरुमा सिरहाका गुरुशरण सिंह (आभाष), महोत्तरीका अशोक कुमार यादव, सिरहाका शत्रुधन यादव र धनुषाका कुलदिप साह छन् ।
निवेदनमा कार्यक्रम कस्तो र के सम्बन्धि थियो भन्ने प्रष्ट गरिदिन आग्रहसहित कार्यक्रमको जम्मा बजेट र शिर्षकगत रुपमा खर्च विवरणको प्रमाणित प्रतिलिपी माग गरिएको छ ।
निवेदन दर्ता गराएपछि सूचना अधिकारीले साउन पहिलो साताभित्र विवरण उपलब्ध गराइदिने आश्वासन दिएको युवा आभाषले बताए । कार्यक्रम सञ्चालनको कुरा बाहिर आएलगत्तै असार मसान्तको अन्तिम समयमा कार्यक्रम सञ्चालन गरेर अनियमितता गर्न खोजिएको आवाज उठ्दै आएको छ ।
भित्ते पत्रकारिता सम्बन्धित तालिम बालबालिकालाई दिइन्छ । तर, यो तालिममा भने बालबालिकालाई प्राथमिकता नदिएको देखिएपछि चौतर्फी रुपमा आलोचना भइरहेकोे छ ।
सभार:- टुडेपाटी