अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ असार २५, शुक्रबार ०१:४९ बजे

 

उमेश कुमार साह – बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित शत्रुधन चौकमा नि:शुल्क मास्क बैंक सुरुवात गरेका छन। दोस्रो लहरको कोरोना महामारीको अवस्था कायमै रहेको भन्दै यु.के.एडको आर्थिक सहयोगमा भीएसओ तथा इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहान-६सिरहा द्ववरा संचालित सहज परियोजनाको साझेदारीमा नि:शुल्क मास्क बैंकको
सुरुवात गरेका छन् ।

बोदे बर्साईन नगरपालिकाको मुख्य बोदे बर्साईन बजारमा स्थानीय को भीएसओको पहलमा ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने नाराका साथ मास्क बैंकको सुरुवात गरेका हुन् ।

सरकारले सार्वजनिक सवारी साधन तथा बजार व्यवसाय सञ्चालन खुला गरेसगंै कोरोना महामारीको विचमा मानिसको चहल पहल बढेको छ ।

नजिकिदै गरेको नेपालीको महान पर्व तिहारका कारण बजारमा मानिसहरुको चहल पहल ह्वात्तै बढेको छ । यसले गर्दा सामाजिक दूरीको पूर्णपालना हुदैन जसका कारण कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिममा मास्कको अनिवार्य प्रयोग गर्नु पर्दछ । तर, मास्कको अभाव तथा नभएका बेला ग्राहक, व्यापारी तथा बाटोमा हिड्ने सर्वसाधारणलाई मास्कको आवश्यकता पर्ने कुरालाई मध्यनजर गर्दै ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ मास्क बैंकको सुरुवात गरिएको समग्र जन उत्थान केन्द्र लहान-६सिरहाका कर्मचारी मनोज कुमार यादवले बताए ।

बोदे बर्साईनको बजारमा राखिएको मास्क बैंकबाट दैनिकजसो सयौंको संख्यामा मानिस लाभान्वित भएका छन् ।

बजारमा राखिएको मास्क बैंकमा कोरोना महामारीबाट बच्न सन्देश पनि राखिएको छ । छेउमै रहेको बाकसमा मास्क राखिएको छ । आफुलाई मास्क आवश्यक परेको बेला मास्क झिकेर लगाउने मानिसहरु धेरै जसो ग्रामीण भेगबाट आउने गरेको तथा केहि यात्रुहरु पनि हुने गरेको यादवबताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय