अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ असार २६, शनिबार ०४:१८ बजे

दिपक खड्का – कपिलवस्तु l न्युनतम पारिश्रमिक नदिएपछि कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाका ईसिडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । उनीहरु नगरपालिक गेट अगाडी स्थानिय सरकार आँखा खोल भन्दै घाम पानि नभनि आन्दोलित भएका हुन ।

समस्याप्रति तीनवटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सडकमा उत्रिनु परेको उनीहरुले बताए । आफूहरुको जायज माँग अविलम्ब पूरा गर्न सरकारसँग माग गरे ।

सरकारले श्रम ऐन अनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरु बञ्चित रहेको भन्दै राजविराजका बालविकास र विद्यालयमा कार्यरत बालविकास सहजर्कता तथा कर्मचारीहरु आन्दोलित भएका हुन् । उनीहरुले पटक,पटक आफनो माग नगरप्रमुख समक्ष राखे पनि वेवास्ता गरेको गुनासो गरे ।
आफूहरुको माग अविलम्ब सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा समेत बालविकास सहजकर्ता र विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक प्रति महिना १५ हजार हुने उल्लेख छ । जसअनुसार संघीय सरकारबाट ८ हजार र स्थानिय सरकारबाट ७ हजार रकम उपलब्ध गराउने व्यवस्था गरे पनि स्थानिय सरकारले वेवास्ता गरेको आन्दोलित कर्मचारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय