अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७८ असार २६, शनिबार ०४:२३ बजे

मेघराज राय – जिराभवानी, २५ असार  l पर्साकाे जिराभवानी गाउँपालिकाकाे आठौ गाउँ सभा शुक्रबार सम्पन्न भएकाे छ । वडा नं ३ स्थित बितो महतो जनता माबि जितपुर नौकाटोलाको भवनमा भएको सभा आर्थिक बर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेट पारित गरि सम्पन्न भएकाे हाे ।

गाउँपालिका अध्यक्ष रामपृत महताेकाे अध्यक्षतामा भएकाे गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुइनीले पालिकाकाे कुल बजेट ३४ कराेड ७१ लाख बराबरकाे निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

जसमा आय तर्फ संघ सरकारकाे समानिकरण अनुदान ९ कराेड ८८ लाख, राजश्व बाँडफाड ६ कराेड ३६ लाख, सर्शत अनुदान ११ कराेड ९३ लाख, बिशेष अनुदान एक कराेड २५ लाख, सम्पुरक अनुदान ८३ लाख लगायत प्रदेश सरकारकाे विभिन्न अनुदान एक कराेड ३६ लाख रहेकाे छ ।

उपाध्यक्ष थरुइनीले पंजुगत खर्च अनुमानित ८ कराेड, चालु खर्च तर्फ साढे ५ कराेड, शिक्षा तर्फ डेढ कराेड, कृषी तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख लगायतकाे अन्य शिर्षकमा विनियाेजित बजेट समेत प्रस्तुत गरेकी थिइन ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिएर बजेट तयार गरेकाे जनाएकाे छ। गाउँपालिका परम्परागत खेतीलाई बिस्थापित गरी कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन बढाउने लक्ष्य लिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

यसका साथै उनन्त जातका बिऊ बिजन उत्पादन तथा कोल्ड स्टोरको ब्यवस्थापनमा पालिकाले जोड दिने योजना बनाएकाे उनले वताए । भूमिगत सिचाई भन्दा बिनास हुँदै गएका सिचाईका मुहानको संरक्षण गरी प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएकाे छ ।
कुलत तथा बिकृतिमा लागेका यूवा शक्तिलाई पेशागत तालिम प्रदान गरी सामाजिक बिकासमा ल्याउने कार्यक्रममा पनि जोड दिएकाे छ । पालिका क्षेत्रमा रहेका खोलाबाट बैज्ञानिक मापदण्ड अपनाउदै नदिजन्य पदार्थ उत्खनन गरिने जनाईएकाे छ।गाउँ सभामा वडाध्यक्ष शेख नुमान आजम, महादेव महताे थारु, उमेश सिंह, सुबाष राउत थारु, दारा सिंह, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय