२०७८ असार २६, शनिबार ०४:२४ बजे

रामएकवाल राम दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा करिमबक्स मियाँ पुन: चयन भएका छन् । मियाँ दुई दशकदेखि कतारमा कार्यरत छन् ।

दोहामा सम्पन्न शाखाको सातौं अधिवेशनले मियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षद्वय नवराज विक र दिलकुमार श्रेष्ठ, सचिव ढाकाराम पौडेल, सहसचिव दिलिप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर रहेका छन् ।

त्यस्तै, सदस्यहरु लीलामणि पन्थी र टेकराज थापा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय