अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ असार २६, शनिबार १६:४५ बजे

बीरगंज, २६ असार – नेकपा एमालेका युवा नेताहरुले आज पर्साको पकाहामैनपुर गाँउपालिकामा बाढी पिडित परिवारलाई राहत बितरण गरेका छन । युवा नेता अकलेश साहको पहलमा अबिरल बर्षा संगै आएको बाढीले पिडित बनेका वडा नम्बर ४ लहावरथकरीका स्थानियलाई खाद्यन्न बितरण गरिएको हो ।

नेता साहले पिडित परिवारलाई गाँउपालिकाले सहयोग नगरेको र पिडितको दैनिकि चलाउन समस्या परेकोले ५०अति पिडित परिवारलाई राहत बितरण गरेको जानकारी दिनुभयो । साहले तत्कालको लागि जनही परिवार एक बोरा चामलको दरले राहत बितरण गरिएको जानकारी दिदै पछि पुनः सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साहले बाढी पिडितबाट प्रभाबित भएका पर्साका जुनसुकै ठाँउको भए पनि राहत सामग्री सहयोग गर्ने जानकारी दिनुभयो ।

ओविसी पर्साका अध्यक्ष समेत रहेको नेता साहले गाऊँपालिका अध्यक्ष बिजय कुमार चौरसिया बिपतको बेला पनि भोटको राजनिति गरेको भन्दै बिरोध गरेका थिए । त्यसैगरी अर्का युवा नेता राजेश सहनीले गाँउपालिका प्रमुख चौरसियाले भोटको राजनीति गरी आफ्नो आसेपासेलाई घरमा बोलाई कूपन दिई राहत बितरण गरेकोले गरीब बिपन्न परिवार राहत पाउन नसकेको आरोप लगाए ।

कार्यक्रममा समाजसेवी भगवानलाल दास, नेकपा एमालेका युवा नेता प्रमोद पटेल, कृष्णा कुशवाहा , , नबिन रजक , नीरज पटेल , चन्दन पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय