उमेश कुमार साह – राजविराज, २६ असाढ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थीत बोदे बर्साईन बजारको शत्रुघ्न चाैकमा बिक्रीको लागि तयारी अवस्थामा राखेको म्याद गुज्रीएका विक्री गर्ने अवस्थामा राखिएका भुजिया , बिस्कुट तथा खाने तेल , सुर्ती , बिडि जस्ता लगायतका समाग्री संयुक्त बजार अनुगमन टोलीले शनिबार दिलिप किरना पसल, उमेश किराना पसल , हरि शंकर जेनरल स्टोर सामग्री बरामद गरी ईलाका प्रहरी कार्यलाई बोदे बर्साईनको अगाडी नष्ट गरेकाछन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेको हो । टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य बस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले बोदे बर्साईन नगरका पसलहरुको अनुगमन गरेको सहायक प्र.जि.अ साहले बताएकाछन् ।
साथै वहाँले बोदे बर्साईन बजारमा संचालनमा रहेको सम्पूर्ण पसलहरुको संचालकलाई संचालन अनुमतिको सम्पूर्ण कागजात लगायत बिलिङको लागि बिल समेत काट्न आग्रह गर्नु भएकोछ । अधिकाँश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराेना संक्रमणबाट बच्ने सुरक्षा उपाय नपनाएको बजार अनुगमनका क्रममा मूल्यसूची र साइनबोर्ड नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको साहले जानकारी दिनुभयो । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कार्वाही गर्ने उहाँको कथन थियो ।
अनुगमन टोलीमा नगर बजार ब्यपार संघ बोदे बर्साईन, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि, सशस्त्र बेश क्याम्प बोदे बर्साईको प्रमुख उत्सव बिष्ट , ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख जय कुमार महतो लगायतको उपस्थित थियो । अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी संचालक भागेको पाइएको छ । सो समभन्दमा बुझ्न खोजदा बोदे बर्साईन नगर बजार ब्यपार संघका अध्यक्ष देब नारायण साहले भने जनचेतनाको अभावमा यस्तो भई रहेको पहिला अनुगमन टोली आउदा पुरै बजार बन्द भई हालथियो अहिले फाटफुट भईरहेछ बताउनु भयो ।