मुख्यमन्त्री बिरुद्ध  युवा नेता राउतले हाले सर्बोच्चमा रिट



काठमाडौं । युवा संघका केन्द्रीय सदस्य मुन्जय राउतले प्रदेश नम्बर २ मा बनेको कोभिड बिशेष अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै खर्च सार्बजनिक गर्न माग गरेका छन् ।नेता राउतले बारम्बार लागत रकम सार्बजनिक गर्न मुख्यमन्त्री लालबाबु राउत र सामाजिक बिकास मन्त्री नवल किशोर साह लाई ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।मुख्यमन्त्री र मन्त्रीले कुनै सुनुवाइ नगरेपछी युवा नेता मुन्जय अदालत बाटै न्याय दिलाइदिन यतिबेला सर्बोच्च अदाकतको ढोका ढक्ढकाउन काठमाडौं  आइपुगेका छन् । कोभिड बिशेष अस्पतालको निर्माण लागत १० करोड कसरी खर्च भयो ?र अस्पतालमा कर्मचारी नियुक्ति गर्दा आफुखुशी गरिएको भन्दै सार्बजनिक गर्न नेता राउतले मुख्यमन्त्री र सामाजिक बिकास मन्त्री बिरुद्ध सर्बोच्च अदालतमा रिट हालेका हुन् ।अदालतबाट आफुहरुको माग सम्बोधन हुने बिश्वास राख्दै उनले अदालत बाट पनि आफुहरुको माग सुनुवाई नभए सडक बाटै न्याय खोजिने चेतावनी समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज