२०७८ असार २८, सोमबार १५:५२ बजे

 

बिरगंज , २८ असार । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजना नेपाल आराधना समाज बीरगंज र राईजिङ्ग बिरगंज नेपालको सहयोगमा “समुदाय साझेदारी कार्यक्रम” अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न भयो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ का अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुख प्रहरी उपरिक्षक वेल बहादुर पाण्डे ज्यू,को प्रमुख आतिथ्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्र.नि. सुमन कार्की, बिरगंज महानगरपालिका वडा न ३ का वडा अध्यक्ष बैजु स्वर्णकार , नेपाल आराधना समाजका सिस्टर ट्रेशा, डा. मनोज कुमार गुप्ता, अवधेश प्रसाद साह , माईती नेपालका संगिता पुरी, नेपाल रेडक्रस सोसाईटी पर्साका संयोजक मधु राणा, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतन, राईजिङ्ग बिरगंज नेपालका पदाधिकारीहरु , पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी, स्थानिय समाज सेवी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा दिया साह, दुर्गा देवी सुबेदी, सर्फलाल प्रसाद यादव, राजकरण यादव, हरेराम राउत कुर्मी, शेष जुनेद, कृष्ण कुमार साह, सम्साद अलि लगायत २ महिला सहित ७७ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय