अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७८ असार २८, सोमबार १५:५६ बजे

 

बिरगंज , २८ असार । वीरगञ्ज घण्टाघरदेखि उत्तरतर्फ बिपि उद्यानको जमिनमा अन्य निर्माणको काम रोक्नुपर्ने भन्दै जीपी कोइराला फाउण्डेशन पर्साले विरोध जनाएको छ । फाउन्डेसनले उद्यानको जग्गामा अन्य निर्माणको काम गरेर प्रकृति मास्ने काम भईरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको छ ।

फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद साहबुदिनले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्थानीय विकास मन्त्रालयका तत्कलिन मन्त्री रामचन्द्र पौडेलले रेल्वेको जग्गा खरिद गरी बि.पि उद्यानका लागि जग्गा तत्कालिन वीरगञ्ज उपमहनगरपालिकाको रेखदेखमा रहने र पछि पार्क बनाउने उद्देश्यले हस्तान्तरण गरिएको उल्लेख छ । तत्कालिन सरकारसँग गरेको सम्झौता विरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड सहितको ढलानको काम भईरहेकोले यथासिघ्र रोक लगाउन आदेशको माग समेत ज्ञापनपत्रमा गरिएको छ ।

बिपि उद्यानको पार्कमा निशुल्क पार्क र हरित मैदान बनोस भन्ने जन चाहान छ । वीरगञ्ज महानगरपालिकाले ठेक्का लगाई पैसा कमाउने भाँडो बनाउँदा हरियो शहरको परिकल्पना मरेर जाने स्थिति छ । उक्त कार्यलाई अबिलम्ब रोक लगाई हरित पार्क बनाउने पहलकदमी लिन अनुरोध छ । प्रकृति मास्ने गरि विकास चाहिएको छैन ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

विपि उद्यानको जग्गालाई हराभरा बनाउनुको साटो कुरुप बनाउने जुनसुकै योजनालाई फाउन्डेशनले विरोध गर्ने अध्यक्ष सहाबुनिन बताउँछन् । आवश्यक परे कानुनी लडाई समेत लड्न फाउन्डेशन तयार रहेको उनको भनाई छ ।

तर ज्ञापनपत्रमा उल्लेख भएजस्तो महानगरले नभई विपि उद्यानमा सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साले पार्किङ स्थल बनाउन लगाएको छ ।

बिपि उद्यानको रुपमा प्रयोग गर्ने शर्तमा नेपाल यातायात संस्थानको जग्गा तत्कालिन वीरगञ्ज उप महानगरपालिकाले १० करोडमा १० विगाहा जग्गा खरिद गरेको थियो । वीरगञ्जका तत्कालिन नगर प्रमुख गोपाल गिरि र पूर्व उपमेयर समेत रहेका अजय द्विवेदीको पहलमा अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले रजिष्ट्रेसन दस्तुरमा सहुलियत प्रदान गरिदिएको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय