वीरगन्ज २८ असार : वीरगञ्जमा केपी शर्मा ओली पक्षमा शक्ति प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाविरुद्ध वीरगञ्जमा राष्ट्रिय यूवा संघ नेपाल पर्साले प्रदर्शन गरेको हो । आज फैसला आएलगत्तै एमाले नेता–कार्यकर्ताले त्यसको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।
संवैधानिक इजलासले संसद् पुनःस्थापनासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको परमादेशविरुद्ध वीरगञ्जमा प्रर्दशन भएको हो । संघका अध्यक्ष महमद निजामको नेतृत्वमा निस्केको जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरी पुनः घण्टाघर चौकमा परिणत भएको थियो ।
केन्द्रिय सदस्य रबि गुप्ता, युवा नेता संतोष पासवान,राम किशोर सिंह ,अकलेश साह, हेमन्त तमाङ्ग ,सुबास साह ,लगायत सयौँ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।