उमेश कुमार साह – राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।जिल्ला प्रशासन कार्यालयमा प्रशासकिय अधिकृतले नागरिकतामा हस्ताक्षर गर्न लागेको बेला अपरिचित व्यक्तिले गरेको फोनलाई गंभीरतापूर्वक लिदै तत्काल कार्वाहीगरि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् । शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको आचार्यले बताए । शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए ।
त्यहीं बेला वडाबाट कसैले फोन गरेर यी दुबै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि नागरिकता प्रदानको प्रकृयालाइ रोकेर अनुसन्धानको प्रकृयालाइ अगाडीी बढाइएको थियो । विवरणको आधिकारिकता परीक्षण गर्न वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाउदा उनले हस्ताक्षर नगरेको बताए । ‘उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन्’ प्रशासकीय अधिकृत किशोर रामले भने, “लगत्तै प्रहरी बोलाएर दुबैलाई पक्राउ गर्न लगाइएको थियो ।’
पक्राउ परेका देवनका ज्वाइँ शिबनन्दनले आफू नेपाली नागरिक भएको दावी गर्दै आएका छन् । तर, स्थानीयले भने उनी भारतीय नागरिक भएको बताएका छन् । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आफन्तलाई किर्तेगरि नागरिकता बनाउने क्रम नौलो भने होइन् ।केहि पक्राउ परेपनि बढी किर्तेगरि जोगिने गरेका छन् ।शिवन्दन यादवको हकमा छानविन गर्नु पर्ने देखिएकाले मुद्दा नै दर्ता गर्नुपर्ने रामले बताए ।पक्राउ परेका दुवै जनामाथि गलत विवरण भरी नागरिकता लिन गरेको प्रयास र सरकारी कागजात किर्ते गरेको दुवै मुद्दा चलाइने उनले बताए । तर पक्राउ परेका शिवनन्दनले आफूहरु वडा अध्यक्षको हस्ताक्षर किर्ते नगरेको दावीगर्दै वडा अध्यक्षले कुरा फेरेको आरोप लगाए ।‘हामी बेरितपूर्वक नागरिकता लिने प्रयास गरेको होइन्’ यादवले भने, छानबिनपछि सबै तथ्यहरु बाहिर आउने नै छ । तर प्रशासकिय अधिकृत रामले शिवनन्दनले भरेको विवरण किर्ते रहेको पुष्टि भइसकेपछि मुद्दा चलाउन अप्ठ्यारो नहुने उनले बताए ।