काठमाडौं , ३१ असार । युथ काङ्ग्रेस नेपालद्वारा आज नेपाल सरकारकाे गृह मन्त्री माननीय बालकृष्ण खाणलाई भेटी माइतीघर मण्डला लगायत काठमाडौंकाे कयौं स्थानमा काठमाडौं जिल्ला प्रशासनले लगाएको अनावश्यक निषेधित क्षेत्र हटाउनुपर्ने सन्दर्भमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ ।
युथ काङ्ग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमिल्सिनाद्वारा जारी हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाए सङै मन्त्री खाणले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्कालै आवश्यक कदम चाल्न गृह सचिवलाई निर्देशन दिनुभयो।
निषेधित क्षेत्र लगाइ आम नागरिककाे अधिकार कुण्ठित गर्ने यस अघिको सरकारकाे प्रयासलाई यस सरकारले भत्काउदै लाेकतन्त्रकाे रक्षा गर्ने छ भन्ने विश्वास लिएको सन्योजक तिमिल्सिनाले बताउनु भयो।
प्रतिक्रिया!