समाज बदल्ने कुरामा युवाको भुमिका धेरै तर श्रय जहिले पनि बुढापाकाले पाउनेः रमेश बुढाथोकि



वीरगञ्ज २६ असार

विश्व क्रान्ति देखि समाज बदल्ने कुरामा युवाको भुमिका एकदमै अहम भएको तर श्रय लिने बेलामा प्राय ठुलठुला नेता र बुडा पाखाहरुले लिने गरेको कुरा हरीवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकिले बताउनु भएकोछ । सहयोगी समाज नेपालले आज हरीवन नगरपालिकाको सभाहलमा आयोजना गरेको पालिकास्तरीय युवा संजाल (युथ प्यानल) गठन तथा अभिमुखिकरण कार्यक्रमको प्रमुख आतिथ्यताबाट बोल्दै वहाँले युवाहरुमा संसारै बदल्ने सक्ने क्षमता भएको तर विभिन्न कारणले युवाहरु कुलतमा फसि ती क्षमताहरु गुमाउँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

साथै युवाहरुमा जवाफदेहिता पनि हराउँदै गएको बताउनु भयो । नगरपालिका अन्तरगत संचालन हुने कार्यक्रमहरु नगरको मात्र नभएर सबै जनाको भएको र त्यसको अनुगमन निरीक्षणको साथै नगरलाइ खबरदारी गर्ने जिम्मेवारी पनि युवाहरुको भएको वहाँले बताउनु भयो ।

त्यसै गरी विशिष्ठ आतिथ्यताबाट बोल्दै सामाजीक विकास सिमित संयोजक तथा वडा नम्बर ८ का युवा वडा अध्यक्ष प्रजवल ढुंगानाले युवा संजालका सम्पुर्ण सदस्यहरुको क्षमता विकास र व्यक्तिगत तथा नेतृत्व विकासमा हरीवन नगरपालिका सदैब अगाडी रहने कुरा बताउनु भयो ।

कार्यक्रममा १३ सदसीय नगरस्तरीय युवा संजाल (युथ प्यानल) गठन भएकोछ । प्यानलको संयोजकमा दिपेन्द्र महतो कोइरी र सदस्यहरुमा निशा लोप्चन, निलम कुशवाहा, सुस्मिता राणा मगर, अभय लामा, दिपेन्द्र महतो, मन्जरी बल, विशाल कान्त कुशवाहा, उमेश महरा ,टिका बहादुर कार्की, संजना कुमारी थारु, अजय भोलन र संचारीकर्मी दुर्गामाया विश्वकर्मा रहनु भएकोछ ।नव गठीत प्यानललाइ परियोजना तथा प्यानलको काम कर्तव्य र अधिकारका बारेमा अभिमुखिकरण पनि गरीएको छ ।

कार्यक्रमलाइ मधेश प्रदेश संयोजक निरमा चौधरीले सहजीकरण गर्नु भएको थियो । नव गठीत संजालका सम्पुर्ण पदाधिकारीहरुलाइ नगर प्रमुख रमेश बुढाथोकि र वडा अध्यक्ष प्रज्वल ढुँगानाले खादा र टिका लगाइ बधाइ तथा शुभकामना दिनु भएको थियो । कार्यक्रम स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रवर्द्धन (Promotion of Youth Engagement in Local Governance Process)-ProYEL परियोजना अन्तरगत सम्पन्न भएको हो ।

परियोजना युरोपियन युनियनको आर्थीक सहयोग र हेल्वेटास नेपालसँगको सहकार्य तथा स्थानीय पालिकाहरुसँगको समन्वयमा सहयोगी समाज नेपालले मधेश प्रदेशमा कार्यान्वयन गरीरहेको परीयोजनाका अनुगमन अधिकृत जनक अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज