व्यवस्थित र सुरक्षित वीरगंज बनाउन सांसद यादवले दिए २१ थान सि.सि. टिभी क्यामरा



वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधी सभाका सांसद प्रदीप यादवले २१ थान सि.सि. टिभी. क्यामरा सेफर वीरगंजलाई हस्तानान्तरण गरेका छन् ।

व्यवस्थित र सुरक्षित वीरगंज योजना अन्तर्गत सांसद यादवको संसदीय कोषको रकमबाट रु १० लाखमा खरिद गरिएको फ्रेस रिकोग्नाईजेशन सि.सि. टिभी क्यामरा शुक्रबार एक कार्यक्रमका बिच वीरगंज उद्योग बाणिज्य संघ अन्तर्गत रहेको सेफर वीरगंजलाई हस्तानान्तरण गरिएको हो ।

वीरगंज उद्योग बाणिज्य संघको सभाहलमा भएको हस्तानान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सि.सि. टिभी क्यामराको रेक्र्डलाई बदलीन नसिकने भएकोले आपराध नियन्त्रण र अनुसन्धानमा टेवा प¥याई यसले शान्ति सुरक्षा कायम गर्न मदत मिल्ने बताए ।

कम प्रहरी परिचालन गरेर पनि हत्या, हिंसा, चोरी जस्ता अपराध र दुर्घटना न्युनिकरण गर्न सि.सि. टिभी क्यामराको महत्वपूर्ण भूमिका रहेको सांसद यादवले बताए । उनले वीरगंजलाई व्यवस्थित र सुरक्षित बनाउन वीरगंज उद्योग बाणिज्य संघ र सेफर वीरगंजले आफ्नै दम्भमा चालेको अभियानमा आफूले सहयोग गर्न एक कदम पनि पछाडी नहट्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले वीरगंजमा सवारीको चाप अत्यधिक बढेकोले दुर्घटनाको जोखिमपनि त्यतिकै देखिएकोले वीरगंजको घण्टाघर, बसपार्क, रजतजयन्ती चौक र ड्राईपोर्ट लगायतका ठाउँमा ट्राफिक बत्ती (रातो बत्ती) लगाउन सुझाव दिए । उनले भने, ‘ दशै अगाडी नै यी ठाउँमा ट्राफिक बत्ती (रातो बत्ती) लगाउने तयारी गर्नुुस्, सबै खर्च म व्यवस्था गर्छु ।’’

नयाँ सरकार गठन भएकोले वीरगंजको साँघुरो सडकलाई अझै पराकिलो बनाउन आफूले पहल गर्ने बताउँदै सांसद यादवले भने, ‘‘कतिपय मानिसहरु बाटोमै गाडी राखी प्रहरीमाथि नै झर्किने गर्छन, प्रहरी हाम्रै सुरक्षाका लागि काम गर्ने भएकोले यसतर्फ आम नागरिक पनि सचेत हुन जरुरी रहेको बताए ।

वीरगंज उद्योग बाणिज्य संघ, पर्साका अध्यक्ष सुबोध गुप्ताले वीरगंजमा कसरी अधिकत्म सि.सि. टिभी क्यामरा जडान गर्न सकिन्छ भने तर्फ हाम्रो पहल रहेको बताए । ‘‘वीरगंजमा पहिला सानो स्क्रिनको सि.सि. क्यामरा थियो तर अहिले ठुलो स्क्रिन आईसकेको छ ।,’उनले भने,‘‘वीरगंजलाई सुरक्षित र व्यवस्थित नयाँ रुप दिने योजना रहेको छ ।’’

वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सेफर वीरगंजका अध्यक्ष एवम् वीरगंज उद्योग बाणिज्य संघका महासचिव मनोज दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे, उपाध्यक्ष हरि गौतम, माधव राजपाल, कोषाध्यक्ष गोबिन्द साह, सेफर वीरगंजका सदस्य पन्नालाल साह लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज