अपडेट 
पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । |
२०७९ असार २७, सोमबार १७:५९ बजे

महोत्तरी : नेपाल भारत सीमाको महोत्तरी स्थित भिठामोड नाकामा भन्सारका कर्मचारीले खुलेआम धाकधम्की दिँदै घुस असुली गर्ने गरेको पाइएको छ । भन्सार कार्यालय जलेश्वर भिठामोडमा कार्यरत्त कार्यालय सहयोगी विजय मण्डलले आउजाउ गर्ने सवारीसाधनबाट खुलेआम धाकधम्कीसहित घुस असुल गर्ने गरेको पाइएको हो ।

शनिबार बिहान ६ बजे उनले नेपालबाट भारत तर्फ जाँदै गरेको चारवटा छुट्टाछुट्टै विवाहको रथ तथा डिजे गाडीका साहुसंग कार्यालय सयोगमी मण्डलले धम्काएर ५ सयदेखि २ हजार रुपैयाँसम्म घुस लिएका थिए । त्यहाँ उपस्थित संचारकर्मीले यो वृतान्त देखेपछि कर्मचारी मण्डलाई परिचय दिँदै के को पैसा यसरी असुल्नु भयो ? बिल खै दिनु भयो भनेर प्रश्न गर्दा उनी झस्किएका थिए । उनले आफूले सटापट्टाको रकम लिएको र घुस नलिएको जिकिर गरे ।,हाम्रो सट्टापट्टा चल्छ ।, उनले जवाफ दिए ।

कस्तो सट्टापट्टा ? संचारकर्मीको प्रश्नमा उनले त्यहाँबाट जवाफ नदिँदै हिड्न खोजे । संचारकर्मीले प्रश्न गरिरहँदा उनले आफूहरुको लेनदेन हुने गरेको र त्यो कुरा तपाईहरु नबुझ्ने भन्दै पन्छिए ।

१५ मिनेटको अन्तरालमा कर्मचारी मण्डलले रथसहित अन्य सवारीसाधनबाट झण्डै ५ हजार रुपैयाँ अनाधिकृत तवरबाट घुस असुलेका थिए । यसरी नै दिनहु उनले भारतीय तथा नेपाली सवारीसाधन चालक तथा धनीसंग गाडी हेरि हेरी धम्कीपूर्व भाषामा घुस असुली गर्ने गरेको स्थानीयले बताए । स्रोत : टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय