
काठमाडौँ । काठमाडौंको क्षेत्र नं ३ मा यतिबेला नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि नेताकार्यकर्ताहरु बिच तिब्र चलखेल चलिरहेको छ । क्षेत्रीय सभापति पद देखि इकाइ र नगर समितिका सभापतिका लागि भेटघाट, छलफल तथा चलखेल तीव्र चलिरहेको छ ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाई सभापतिमा हालका कोषाध्यक्ष समेत रहेका कृष्ण प्रसाद नेपालले उम्मेदवारी दिएका छन् । सभापतिका उम्मेदवार नेपालले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन ।पार्टीको काममा सधै सक्रिय तरिकाले खट्ने उनी
सामाजिक क्षेत्रमा समेत सधै अग्रसर रहेका छन् । नेता नेपालले बेशिगाउँ युवा समुहका अध्यक्ष ,जोरपाटी फुटबल क्लबका सचिब त्यस्तै सिद्दिदात्री नवदुर्गा भगवती मन्दिरको सचिबको समेत जिम्मेवारी सम्हालेका छन् ।
नेपाली काङ्ग्रेसलाई म र मेरो भन्दा पनि हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेल्ने समेत उनले बताएका छन् ।
स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने उनलाई स्थानीयहरुले समेत भाबी सभापतिको रुपमा हेर्न चाहेका छन् ।