अपडेट 
सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन |
२०७८ श्रावण २, शनिबार ०२:१७ बजे

 

उमेश कुमार साह – सप्तरी – सप्तरीमा एक वर्षमा १ हजार १ सय ४९ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न घटनामा संलग्न रही फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।आर्थिक वर्ष २०७८/०७९ मा अदालतबाट फैसला भइ फरार रहेकाहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा १ हजार १ सय ४९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले बताए ।

उनीहरु कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको उनले बताए । फौज्दारी मुद्दाका २ सय १ र देवानी मुद्दाका ९ सय ४८ जना अदालतबाट सजाय पाएर फरार रहेका थिए।पक्राउ परेकाहरुबाट १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुपैयाँ राजश्व असुल गरिएको छ ।त्यस्तै चालु आर्थिक वर्षमा भन्सार छलि गरेर ल्याएको ३ करोड १७ लाख ५९ हजार १ सय ७६ मुल्य बराबरको अबैध किराना, लत्ताकपडा, सवारी साधन, मदिराजन्य र विद्युतिय सामग्री लगायतका सामानहरु बरामद गरिएको डिएसपी काफ्लेले बताए ।

यस अवधिमा तस्करीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरी कारवाही समेत गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय