अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण २, शनिबार ०२:३२ बजे

 

बिरगंज , ०१ साउन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीन सिटीले ट्राफिक नियमको पालना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । ग्रीनसिटी र जिल्ला ट्राफिक प्रहरीले संयुक्त रुपमा शुक्रबार सो जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज महानगर पालिका भित्र जथाभावी रुपमा गरिएको पार्किङ्गलाई मध्यनजर गर्दै सो जनचेतनामूलक कार्यक्रम गरिएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले  बताए ।

अध्यक्ष खेतानले आदर्शनगर एरियामा धेरै भिडभाड हुने भएकोले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले ट्राफिक प्रहरीको सहयोगमा कार्यक्रम गरिएको थियो भने कार्यक्रममा पर्चा पम्प्लेटहरु समेत बाडिएको थियो । मादक पदार्थ सेवन गरि सवारीसाधन नचलाउ, दुर्घटनाबाट आफू पनि बचौ र अरु लाई पनि बचाउ, सवारी चलाउदा जथाभावी ओभरटेक न गरौ, लेन अनुशासनको पालना गरौ, फुट्पाथ तथा सडकमा जथाभावी पार्किङ्ग न गरौ, ट्राफिक संकेत वा इसाराको सदैव पालना गरौ, सवारी चलाउदा अनिवार्य रुपमा कागजपत्र साथ राखौ, सिटबेल्ट तथा हेल्मेटको प्रयोग गरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौं, शारीरिक अशक्तता भएका वृद्ध बृद्धा, केटाकेटीहरुलाई सडकमा प्राथमिकता दिऔ, ट्राफिक नियमको पालना गरी सभ्य नागरिकको परिचय दिउ जस्ता नाराहरु लेखिएको २०० भन्दा बढी सडकमा हिड्ने बटुवा तथा पसले ब्यापारीलाई पर्चा समेत बाडिएको थियो ।

त्यसैगरी पर्सा ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरिक्षक सुमन कार्कीले चालक तथा पसलेहरुलाई जथाभावी सवारीसाधन पार्किङ नगरी तोकिएको ठाउँमा पार्किङ्ग गर्न अनुरोध गरेका थिए । आर्दशनगरको विभिन्न स्थानमा चारपाङ्ग्रे सवारी साधनलाई पार्किङ्ग निषेध गरिएको छ, पार्किङ्ग गर्नु परेको खण्डमा आदर्शनगरमा रहेको पुरानो बस पार्कमा चारपाङग्रे सवारीसाधन गाडी राख्न र मोटरसाइकल भने सडक किनारमा उचित पार्किङ्ग गरेर राख्न प्रहरी निरिक्षक कार्कीले सवारी धनी तथा चारपाङ्ग्रे चालकलाई सम्झाइ बुझाइ गरेका थिए ।

यसैबीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीनसिटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ३ थान ब्हिल लक समेत हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरीले अहिले विभिन्न ठाउँहरुमा पुगेर नो पार्किङ भएको ठाउँमा सवारी नराख्न पटकपटक आग्रह गरिरहेकाले यद्यपि कसैले नियम कानुन भन्दा बाहिर गएमा जोकोहीलाई पनि कारवही गरिने ट्राफिक प्रहरी निरिक्षक कार्कीको भनाइ रहेको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताले समेत सहयोग पुर्‍याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय