फोहोरमैलाले दुर्गन्धीत बन्दै गौशाला बजार



गौशाला – महोत्तरीको जिल्लाको सदरमुकाम जलेश्वर भन्दा उत्तर तर्फ र पूर्व–पश्चिम राजमार्ग भन्दा दक्षिणमा यसक्षेत्रकै सवैभन्दा ठूलो बजारको रुपमा परिचित व्यापारीक केन्द्र गौशाला नगरपालिका ५ स्थित गौशाला बजार क्षेत्रमा सरसफाई अभियान चले पनि फोहोरमैला व्यवस्थापन नहुदाँ बजार क्षेत्र दुर्गन्धीत बनेको छ ।

अव्यवस्थित फोहोरमैलाले गर्दा गौशाला बजार क्षेत्र दुर्गन्धित हुदाँ नगरवासी दुर्गन्धित भएर बस्न बाध्य भएका छन् । स्थानिय व्यपारी दिपेन्द्र साहका अनुसार वडा ५ ले सरसफाईका शिर्षकमा नगरपालिका र वडाले छुट्याए पनि सरसफाईको नाम आउनको लागी मात्र चलाए पनि परिणाममुखी हुन सकिरहेको छैन । स्थानिय राजाराम गिरिले भने, ‘फोहरमैला व्यवस्थापनको लागि दीर्घकालिन कुनै योजना छैन । मेयर देखि कर्मचारीसम्म पुग्दा समस्याबारे सुनुवाइ छैन ।’ गिरीका अनुसार हाल सम्म फोहर व्यवस्थापन तर्फ नगरपालिका र वडा केहि ठोस गरेको छैन ।

गौशाला नगरपालिका वडा–५ बजार स्थित महेन्द्र यादव दुकान, रामकली साह को घर देखी बजारमा रहेको फार्मेसी र फार्मेसीसँगैको सडकमा नाला र ढल नै बगेको छ । नालाको व्यवस्थापनबारे नगरपालिकाले चासो नदिएको नगरवासीहरुको गुनासो छ । नाला र ढलको पानीले रोगको संक्रमण फैलिने त्यतिकै डर भएको यहाँका स्थानीय बासिन्दाहरू बताउँछन् ।

सप्ताहमा दुईपटक सोमवार र बिहिवार लाग्ने गुर्दीबजारमा फोहरको डंगुर गरेको छ । गुर्दी बजार छेउमा जताततै फोहोरको डंगुर थुपारिएको देखिन्छ । बजारको अरू भागमा त्योभन्दा कम अवस्था छैन । फोहोरले सिंगो बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको दुर्गन्ध थामि नसक्नु नगरवासीहरू भने नगरमा लाजमर्दो व्यवस्थापनले नगरवासी पीडित भएको गिरिको भनाई छ ।

यो विषयमा थप बुझन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई फोन सम्र्पक गर्दा फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर