जनकपुर । २०७९ असार ३१ गते जिल्ला धनुषा जनकपुरधाम उप-महानगरपालिका वडा नं. ९ स्थित बिनय कुमार झाको घरमा कोठा भाडा लिई बस्दै आएका जिल्ला मधुवनी थाना जयनगर-२, भारत बस्ने राम दास सिंहको छोरा बर्ष ५२ को बिपीन कुमार सिंह समेतले मेडिकलसंग सम्बन्धित विभिन्न उपकरणहरु सहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई आफू बस्दै गरेको घर कोठामा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले निज बिनय कुमार झाको फ्लाईटमा रहेको कोठाहरु तथा कोठा अगाडि रहेको BR 01 PK 6666 नम्बरको स्कर्पियो गाडी रीतपूर्वक खानतलासी गर्दा अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखिएका मेडिकल सम्बन्धी उपकरणहरु बरामद भएको हाे ।
धनुषा प्रहरीका अनुसार, उक्त BR 01 PK 6666 नम्बरको स्कर्पियो गाडी र मेडिकल सम्बन्धी विभिन्न उपकरणहरु रीतपूर्वक बरामद गरी सोही कोठामा रहेका भन्सार छली चोरी पैठारीमा संलग्न ब्यक्तिहरुलाई समेत पक्राउ गरी मानिस तथा रु. १ करोड बराबरको गाडी तथा सरसामानहरु आवश्यक कार्वाहीको लागि असार ३१ गते नै भन्सार कार्यालय जनकपुरमा पठाईएको छ ।
पक्राउ परेका मानिसहरु
१) देश भारत, जिल्ला मधुवनी थाना जयनगर-२ बस्ने बर्ष ५२ को विपिन कुमार सिंह ।
२) देश भारत, जिल्ला छपरा दाउदपुर थाना बस्ने बर्ष ६० शंकर सिंह ।
३) देश भारत, जिल्ला पटना हरनोट सिर्सिया थाना बस्ने बर्ष २३ को सुरज सिंह ।