
बारा : बारामा ५६ वर्षकी एक महिलालाइ सामुहिक बलात्कार गरेको आरोपमा दुइ जना बालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाका १५ र १७ वर्षका दुइ बालक रहेका छन् ।
प्रहरीका अनुसार , यहि असार २५ गते राति आफनै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षिया महिलालाइ ती दुवै बालकले रातिकोे ११ बजे सामुहिक रुपमा पालै पालो बलात्कार गरेका थिए ।
घटना बारे पिडित महिलाले प्रहरीलाइ जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै बालकलाइ पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ गरिएका दुवै बालकलाइ जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखिएको उनले बताए । दुवै बालक विरुद्ध जबरजस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।