दुई किलोे ‘युरेनियम’ सहित १५ जना पक्राउ



विराटनगर । मोरङ प्रहरीले दुई किलो युरेनियम भनिएको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ । विराटनगरको छुट्टा छुट्टै स्थानबाट दुई वटा समूहलाई पक्राउ गरेको हो ।

विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाले पक्राउ परेकाहरु भरिया रहेको बताए ।

उनका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चानेकबाट ८ जना पक्राउ परेका थिए । साउन ३ गते विराटनगर महानगरपालिका– ३ को दूधफारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जना पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज