२०७९ श्रावण ४, बुधबार १७:४७ बजे

मकवानपुर – मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका-२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ केजी ३८१ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो ।

प्रहरीका अनुसार अटोरिक्सा चालक भने फरार रहेका छन् । विशेष सूचनाका आधारमा वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त अटोरिक्सा जाँच गर्दा १२ बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अटोरिक्सा चालकको प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय