काठमाडौं । विश्वभरको पासपोर्ट र्याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ । लन्डनमा रहेको हेन्ली हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको हो ।
सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । अध्ययनले नेपाली राहदानीलाई उत्तर सुडानभन्दा पनि तल अर्थात् १०६औं स्थानमा राखेको हो । सुडाननेपालभन्दा तीन स्थान अगाडि (१०३औं) स्थानमा छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो ।
संसारका कति मुलुकहरूले भिसाबिनै ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।
जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ ।
दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।