पर्सा प्रहरीद्वारा ६७ लाख भन्दा बढीको अवैद्य समान बरामद



बिरगंज – ४ साउन। पर्सा प्रहरीले अवैद्य रुपमा भन्सार छलीको ६७ लाख भन्दा बढीको हार्डवेयर पार्टस तथा खुद्रा समान बरामद गरको छ ।

जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ भानुचोक स्थित सडकखण्डमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त परिणामको मालसमान बरामद गरेको हो ।

पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले चेकजाँचको क्रममा बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू मालवाहक ट्रकबाट फेला परेको बताउनुभयो । उँहाका अनुसार फेला पारेको ट्रकलाई नियन्त्रणमा लिई ६७ लाख ५२ हजार ९ सय ९८ रुपैयाको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज